कार्तिक २४ रौतहट
जिल्लाको सदरमुकाम गौर नगरपालिका–५ स्थित बरहवा पुलको तल पानीमा सोमबार बिहान ५ बजेको समयमा एक अज्ञात व्यक्तिको शव फेला परेको छ । स्थानीयवासीहरूले बिहान नदीमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् ।
घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गौरको टोलीले शव निकालेर अनुसन्धान सुरु गरेको हो । हालसम्म शवको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार शवको पोशाक र उमेर समूहका आधारमा प्रारम्भिक अध्ययन भइरहेको हो । घटनाको कारण र मृतकको परिचय खुलाउने कार्य भइरहेको प्रहरीले जनाए ।प्रहरीले स्थलगत सरजमिन मुचुल्का पश्चात प्रादेशिक अस्पताल गौरमा पठाईने तयारी भइरहेको जनाए।