मधेशसमाचार

बारामा ४ लाख ५६ हजारभन्दा बढी मतदाता, ३०२ मतदान स्थल तोकियो

बारा , १७ माघ

निर्वाचन आयोग, नेपालअन्तर्गत जिल्ला निर्वाचन कार्यालय बाराले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि बाराको निर्वाचन क्षेत्रअनुसार मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार बारामा कुल ४ लाख ५६ हजार ५८४ जना मतदाता रहेका छन्।

कार्यालयका अनुसार जिल्लामा महिला मतदाता २ लाख १० हजार ००९, पुरुष मतदाता २ लाख ४५ हजार ५६३ र तेस्रो लिङ्गका १२ जना मतदाता दर्ता भएका छन्। निर्वाचन प्रयोजनका लागि जिल्लाभर ३०२ मतदान स्थल र ५८७ मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचन क्षेत्रगत अवस्था

निर्वाचन क्षेत्र नं. १ मा महिला ५७ हजार ५८५, पुरुष ६६ हजार ७२३ र तेस्रो लिङ्ग ४ जना गरी जम्मा १ लाख २३ हजार ६५२ मतदाता छन्। यस क्षेत्रमा ७६ मतदान स्थल र १५१ मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन क्षेत्र नं. २ मा महिला ४९ हजार ८४५ र पुरुष ६३ हजार ९९४ गरी जम्मा १ लाख १३ हजार ८३९ मतदाता रहेका छन्। यहाँ ८२ मतदान स्थल र १४५ मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचन क्षेत्र नं. ३ मा महिला ५१ हजार ६६६, पुरुष ६३ हजार ५४३ र तेस्रो लिङ्ग २ जना गरी जम्मा १ लाख १५ हजार २११ मतदाता छन्। यस क्षेत्रमा ७६ मतदान स्थल र १४४ मतदान केन्द्र रहेका छन्।

निर्वाचन क्षेत्र नं. ४ मा महिला ५१ हजार ८४०, पुरुष ६२ हजार ०९३ र तेस्रो लिङ्ग ६ जना गरी जम्मा १ लाख १४ हजार ५२९ मतदाता रहेका छन्। यहाँ ६९ मतदान स्थल र १३७ मतदान केन्द्र तोकिएका छन्।

तयारी तीव्र

जिल्ला निर्वाचन कार्यालय बाराले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मतदाता नामावली अद्यावधिक, मतदान स्थल व्यवस्थापन, कर्मचारी परिचालन तथा सुरक्षा समन्वयको कामलाई तीव्र बनाएको जनाएको छ। आयोगले सबै मतदातालाई निर्भीक रूपमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button