मधेशसमाचार

भैसहीमा जनता आधारभूत विद्यालयको व्यवस्थापन समिति सर्वसम्मत चयन

रूपेश यादव
रौतहट, १० भदौ
रौतहटको उत्तरी तथा पश्चिमी भेगमा रहेको फतुवा विजयपुर नगरपालिका–११, भैसहीस्थित श्री जनता आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
विद्यालयका प्रधानाध्यापक खुशीअख्तर देवानका अनुसार समितिको अध्यक्षमा राजु महतो चयन हुनुभएको छ। समितिका सदस्यहरूमा सीमा पासवान, कञ्चन कुमारी चौधरी, सुनिल कुमार यादव र हरेन्द्र पटेल सर्वसम्मत रूपमा चयन हुनुभएको हो।
लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयका प्रशासनिक तथा व्यवस्थापकीय काम प्रभावित हुँदै आएका थिए। नयाँ समिति गठन भएपछि विद्यालयको प्रशासनिक व्यवस्थापन, शैक्षिक गतिविधि तथा विद्यालय सञ्चालनका काम थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
समिति चयन कार्यक्रममा स्थानीय भद्रभलादमी, राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button