मधेशसमाचार

कुशल प्रशासकिय ओझा फेटा गाउँपालिकामा हाजिर , पारदर्शिता आउनेमा विश्वस्त

शु.आ. सम्बाददाता

कलैया , ०९ भाद्र 

बाराको फेटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कुशल प्रशासकिय राकेश ओझा सोमबार पद बहाली गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विश्रामपुर गाउँपालिकाबाट फेटा गाउँपालिकाको उनको साउन १६ गते सरुवा गरेको थियो।

ओझाको सरुवा भएपनि मन्त्रालयले पत्र भाद्र २ गते नपठाउँदा सोमबार हाजिर भई पद बहाली भएका छन्।

ओझालाई फेटा गाउँपालिकाको अध्यक्ष रुस्तम अँसारी सहित उपाअध्यक्ष निलम साह सहित वडा अध्यक्षहरु कर्मचारीहरु फुलमाला सहित गम्छा लगाई स्वागत गरेका छन्।

स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष अँसारी सहित वडा अध्यक्षहरु ओझाको प्रशासनिक अनुभव, नेतृत्व क्षमता र दक्षताले फेटा गाउँपालिकाको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। भने प्रमुख प्रशासकीय अधिकृत ओझाले आफूलाई दिइएको जिम्मेवारी ईमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय विकास र जनहितका कार्यलाई प्राथमिकतामा राख्ने बताएका छन्।

ओझा बिभिन्न स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृत रहि कामकाज गरी सकेका र उनले पालिकालाई पारदर्शी रुपमा अगाडि बढाउने कार्यले गर्दा स्थानीय हर्षित भएका छन्। स्थानीयहरुको अनुसार अनुभवी र पारदर्शी रुपमा पालिका सँचालन गर्ने कुशल प्रशासकिय फेटा गाउँपालिकामा हाजिर भएकोले जनताको बिकास सहित सिँगो पालिकाको नै बिकास हुने विश्वास लिएको बताएका छन्। साथै ओझा फेटा गाउँपालिकामा पनि पारदर्शिता ल्याउने विश्वास बढेको स्थानीयहरु यस दैनिकलाई बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button