मधेशराष्ट्रियसमाचार

धार्मिक कार्यमा दलित समुदायलाई सहभागी हुन नदिने बिरुद्ध ज्ञापनपत्र

शु.आ.सम्बादाता

कलैया,८ असोज

हालसालै मुलुकमा जेन-जि पुस्ताको आन्दोलनबाट पुरानो शासनसत्ता परिवर्तन भई नयाँ सरकार बनेको र भ्रष्टाचार नियन्त्रण, कानूनी राज्यको पालना तथा संविधानलाई अक्षरस पालना गर्ने जनअपेक्षा रहेको सबैमा विदितै छ। यद्यपि २०७२ सालको संविधानमा जातीय छुवाछुत र विभेदलाई पूर्णरूपमा गैरकानूनी घोषित गरिएको भए पनि समाजमा अझै पनि दलित समुदायले भोगिरहेको छुवाछुत र विभेदको पीडा हटेको छैन भन्ने तीतो यथार्थ आज पनि विद्यमान छ।

कानून र संविधान भन्दा माथि कोही पनि हुँदैन। तर, समाजका केही अराजक तत्वहरूले संविधान र कानूनको धज्जी उडाउँदै सभ्य समाजलाई खण्डित गर्ने गरी भेदभाव र छुवाछुतलाई जिवित राख्ने कार्य गरिरहेका छन्। यसै क्रममा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १७, ब्रहम्पुरी गाउँमा, वडा दशैं र दुर्गा पूजाको अवसरमा आयोजना गरिएको धार्मिक पूजामा दलित समुदायका व्यक्तिहरुलाई जलयात्रा तथा पूजामा सहभागी हुन नदिने, बस्न नदिने जस्ता कार्य गरी घोर विभेद गरिएको गुनासो रहेको छ।

निज विपक्षीहरूले “दलितले जल (कलश) छोएमा अपवित्र हुन्छ” भनी अपमानजनक कुरा गर्दै, हामीलाई धम्की दिने, परिवारसँग विवाद चर्काउने, शारीरिक क्षतिको डर देखाउने तथा पुजा अर्चनामा सहभागी हुन नदिने कार्य गरेका छन्। यस क्रममा विभिन्न प्रकारका धाकधम्की, भयत्रास र कुटपिट हुने सम्भावना बढेकोले हाम्रो सुरक्षामा गम्भीर खतरा पैदा भएको छ।

 

२०७२ सालको संविधान र प्रचलित कानूनी व्यवस्था अनुसार यस प्रकारको छुवाछुत र विभेदपूर्ण व्यवहार संवैधानिक र कानूनी अपराध हो। यद्यपि यसबारेमा जिल्ला प्रहरी कार्यालय, बारा, कलैयामा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष दलित समुदायले ज्ञयापन पत्र बुझाई ध्यानाकर्षण गराएको छ।

अत घटनाप्रति दलित समुदायले घोर निन्दा तथा भर्त्सना गरेको छ।

उक्त कार्यक्रममा दलित संघर्श समिती बाराको अध्यक्ष शिव दयाल पासवान समाज सेवि लवकुश बैठा तेज नरायण राम श्याम सुन्दर पासवन राम शरण पासवन लगाएतको बिशेष उपस्थिति रहेको थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button