रूपेश यादव
राैतहट ,१७ कार्तिक
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू झुठो तथा निराधार भएको बताउनुभएको छ । केही दिनयता बिभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिनुभएको छ ।
आफूविरुद्ध केहि सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गर्नुहुँदै अधिकृत यादवले टावर लाइटको भुक्तानी गर्ने लाई कहीँकतै घुस कमिसन डिल नगरेको स्पष्ट गर्नुभएको छ ।
फतुवा विजयपुर नगरपालिकाको विभिन्न स्थानहरुमा भेपर लाईट जडान र उर्जा कार्यक्रम अन्तर्गत टावर लाइट जडान कार्यक्रमको लागि बोलपत्रमा र कोटेशनमा काम सम्पन्न गर्नेको लागि सप्लायर्स ललितेश्वर श्रीवास्तव संग सम्झौता भएको हो। तर सप्लायर्स ललितेश्वर श्रीवास्तवले आफ्नो मनोपली ढंगबाट एकै ठाउँमा टावर लाइट जडान गर्दा विवाद भएको र आवश्यक प्रक्रिया समेत पुरा न हुँदा आवश्यक कागजात समयमा पेश न हुँदा असार मसान्तमा खाता बन्द भएको र यता जेनजी आन्दोलनमा सबै कागजात जलेर नष्ट हुँदा भुक्तानीमा ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
तर सप्लायर्स ललितेश्वर श्रीवास्तवले जथाभावी झुठो कपाेकल्पित आरोप प्रत्यारोप लगाइ मिडियाबाजी गर्दै ‘रकम बार्गेनिङ गरेको’ भन्ने जस्ता अन आवश्यक समाचारहरूले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच पुर्याएको उहाँको भनाइ छ । समाचारमा आएका विषयवस्तुहरूप्रति गम्भीर आपत्ति रहेको अधिकृत यादवले बताए ।
प्रशासकीय अधिकृत यादव यस नगरपालिकामा आए संगै सेवाग्राहीहरुलाई थप सहजरूपमा काम काज हुने कर्मचारीहरुकाे तलब भत्ता समयमा उपलब्ध गराउदै आएको बुझिएका छन।