माधव नारायण नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवमाथि लागेको आरोप निराधार कानुनी उपचार खोजिने

11

कार्तिक, १८ रौतहट

सामाजिक सञ्जालमा पुल निर्माणको विषयलाई लिएर भाइरल भएको भनिएको अडियोमा माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको प्रत्यक्ष सम्बाद नरहेको दाबी गरिएको छ । अडियोमा सुनिएको सम्बाद तीन जना व्यक्तिहरू बीच भएको र निर्माणमा भएको खर्चमा केन्द्रित रहेको प्रस्ट सुन्न सकिने बताइएको हो ।

निवर्तमान प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र नगर प्रमुख बैजनाथ यादवलाई जोडेर गरिएको प्रचार शतप्रतिशत भ्रामक रहेको जिकिर गरिएको हो। अडियोमा भएको सम्बादमा नभएका व्यक्ति नागेन्द्र यादवको तस्बिर राखेर प्रचारबाजी गर्नु सिधै चरित्र हत्या गर्ने सड्यन्त्र भएको देखिएको हो ।

यादवले अडियोमा आफ्नो कुनै पनि किसिमको सम्बाद नभएको भन्दै यस कार्यलाई निन्दनीय भनेका छन् र यसमाथि कानुनी कार्यवाहीको लागि अघि बढ्ने चेतावनी समेत दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्दैमा कुनै व्यक्ति भ्रष्टाचारी ठहर हुन सक्दैन। जबसम्म अनियमितता प्रमाणित हुँदैन, तबसम्म कसैलाई अनियमितता गरेको भन्न कानुनले पनि मिल्दैन। अडियोमा भएको सम्बाद अर्को व्यक्तिको रहेको अवस्थामा विद्युतीय माध्यममा संलग्न नै नभएका व्यक्तिको तस्बिर प्रयोग गरिएकाले विद्युतीय कसुर आकर्षित हुने देखिन्छ। यस विषयमा कानुनी उपचार खोज्नुपर्ने आवश्यकता देखिएको हो।

स्थानीय निकायका उच्च पदस्थ कर्मचारीमाथि बिना आधार चरित्र हत्याको प्रयास भएको भन्दै यस घटनाले सञ्चार माध्यम र सामाजिक सञ्जालमा हुने गलत प्रचारबाजीको गम्भीरतालाई उजागर गरेको हो।

Leave A Reply

Your email address will not be published.