मधेशसमाचार

रामजानकी मन्दिर चिउटाहाको संरक्षण तथा व्यवस्थापनका लागि समिति गठन

रूपेश यादव

बारा, २८ साउन

बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहामा रहेको श्री रामजानकी मन्दिरको संरक्षण, व्यवस्थापन तथा सञ्चालनका लागि ११ सदस्यीय उपसमिति गठन गरिएको छ।
मंगलबार मन्दिर परिसरमा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद जैसवारको अध्यक्षतामा सम्पन्न भेलाले धार्मिक स्थल संरक्षण तथा व्यवस्थापन ऐन, २०८२ तथा आदर्श कोतवाल गाउँपालिकाको धार्मिक स्थल संरक्षण तथा व्यवस्थापनका लागि उपसमिति गठन कार्यविधि, २०८३ बमोजिम उपसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
वडा कार्यालयबाट सार्वजनिक भेला तथा वडा समितिको निर्णयसहित प्राप्त सिफारिसका आधारमा गठित उपसमितिको अध्यक्षमा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद जैसवार, उपाध्यक्षमा सुनिल प्रसाद जैसवार, कोषाध्यक्षमा बिन्दु प्रसाद साह कानु, सचिवमा प्रदीप प्रसाद कुश्वाहा र सहसचिवमा प्रेमचन्द प्रसाद कुश्वाहा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा रामदेव राउत कुर्मी, प्रेमचन्द्र प्रसाद यादव, ज्योतिक साह कानु, चिन्ता देवी, जोतिया कोइरिन र दलित महिला सदस्यमा कान्ति देवी दास चयन भएका छन्।
भेलाले मन्दिरको संरक्षण, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी ऐन र कार्यविधिले तोकेका काम, कर्तव्य तथा अधिकारअनुसार कार्य गर्ने गरी उपसमितिलाई लिखित अधिकार प्रत्यायोजन गर्ने सहमति समेत गरेको छ।
यसैबीच, गाउँपालिका कार्यपालिकाअन्तर्गत धार्मिक स्थल संरक्षण तथा व्यवस्थापन मूल समिति समेत गठन गरिएको छ। गाउँपालिका अध्यक्ष जवाहर प्रसाद जैसवारको अध्यक्षतामा बसेको बैठकले मूल समिति गठन गर्ने निर्णय गरेको हो।
मूल समितिको संयोजकमा नागेन्द्र प्रसाद साह, कोषाध्यक्षमा अवधेश प्रसाद जैसवाल र सचिवमा किशोरी बैठा चयन भएका छन्। सदस्यहरूमा मुनि कुमारी देवी, जिरवा देवी, दिपेन्द्र राउत कुर्मी, विशुनदयाल पण्डित, हरेन्द्र प्रसाद साह, सुशीला देवी साह, शिक्षक सदस्य राजकुमार प्रसाद कुश्वाहा, मिना कुमारी कुश्वाहा, एतवरिया देवी, दिनानाथ साह कानु, रामबाबु प्रसाद यादव, मधुसूदन हजार, रामबिनय कुमारी गुप्ता, महादेव ठाकुर लोहार र मिना देवी चयन भएका छन्।
स्थानीय शिवशंकर साह कानुका अनुसार मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै यसको व्यवस्थापन र सञ्चालनलाई थप व्यवस्थित बनाउन समिति गठन गरिएको हो। समितिले मन्दिरको संरक्षणसँगै धार्मिक गतिविधि तथा सम्पदाको व्यवस्थापनमा समेत भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button