
सर्लाही, २८ साउन
खाने मुखले जुङ्गाले छेक्दैन भन्ने उख्खान हालका दिनहरूमा सर्लाही जिल्लाका प्रहरीहरूको कार्यशैलीले सिधा प्रष्ट हुन्छ । जुन जोगि आएनी कानै चिरेको अवस्था जस्तै हालका दिनहरूमा सर्लाही प्रहरी माथी गम्भीर आरोप मात्र नभइ समाजिक संजालमा भिडियो नै भाइरल हुने गरेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणबाट घुमुवा परिचालन हुनसाथ तस्करी धन्दा पुन: मौलाएको भिडियो नै समाजिक संजालमा आउन थालेको छ । एक भिडियोका अनुसार सशस्त्र प्रहरीकै अगाडी तस्करीका समानहारू अबैध रूपले नेपाल भित्रयाउने क्रममा स्थानीयले अवरोध गरेको देखिन्छ । स-साना घरायसी समाग्री लिएर आउने स्थानीयहरूलाइ प्रहरीले दुख दिने तर तस्करीको लाइन सहजै खोल्ने गरेको स्थानीयले बिरोध गर्दै केमरा अगाडी देखिन्छन ।
सो भिडियोको बिषय बस्तु बुझन सीमामा पुगेका पत्रकार सङ्ग स्थानीयहरूले दुई तिहाइको रास्वपा सरकार पनि जनताको नभइ तस्करहरूलाई संरक्षण दिने गरेको आरोप लगाए । सर्वसाधारणलाई दुख दिने तर तस्करलाइ छुट दिने प्रहरी कसको निर्देशनमा चलिरहेको बारे छर्लङ्ग भएको, स्थानीयले गुनासो पोखे ।
एक जना प्रहरी श्रोतका अनुसार बिगत लामो समयदेखी बन्द रहेको तस्करी धन्दा घुमुवा परिचालन भएकै कारण तस्करी धन्दा सुचारू भएको बताए । उनका अनुसार अपराध अनुसन्धानको नाममा निस्किने प्रहरी आर्थिक प्रलोभनमा परेकै कारण जिल्लाको विभिन्न सीमा नाका हुँदै तस्करी धन्दा मौलाउदै गएको बताए । नेपाल र भारतको खुल्ला सीमा नाकाको चुनौती भएपनि केही दिन तस्करी धन्दा बन्द थियो तर घुमुवा परिचालन हुनसाथ तस्करी धन्दा सुचारू हुनु भनेको माथिल्लो निकायसम्म सेटिङ्ग रहेको हुन सक्ने बताउनु भयो ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका साथै सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणका प्रमुखको स्मेत ध्यान पुग्न अति अवाश्यक रहेको देखिन्छ ।



