मधेशसमाचार

छतवा नाकाबाट व्यापक रूपमा कपडा तस्करी, नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक

बारा, २८ साउन
 सरकार फेरियो, नियम फेरियो तर प्रहरीहरूको काम र कर्तव्यको पालना गर्ने तरिका हालसम्म फेर्न सकिएको छैन । जेनजी आन्दोलन स्वरूप दुई तिहाइ पाएका रास्वपाको सरकारले नेपाल र भारतको सीमा नाकाबाट सर्वसाधारणले ल्याउने मल समेत रोकेर कपडा तस्करहरूको ठुलै तस्करी धन्दा चलाएको खुलेको हो ।
बारा जिल्लाको ग्रामिण भेग अर्थात नेपाल र भारतको सीमा नाका अवस्थित छतवा नाका हुँदै व्यापक रूपमा कपडा र चल्लाको तस्करी धन्दा प्रहरीनै चलाएको खुलेको छ । बारा जिल्लाको कुख्यात तस्करले दैनिक करिब २० देखि २५ वटा कपडाको पोका अबैध रूपले नेपाल भित्रयाउदै आएको खुलेको छ । टाउकोमै बोकेर किन नहोस तर तस्करी धन्दा त्याग नगर्ने कसमनै खाएका तस्करहरूको रजाइ हालको समयमा छतवा नाका बन्न पुगेको छ ।
छतवाको कल्याणपुर नाकामा २४ औ घन्टा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएतापनी आर्थिक प्रलोभनमा परेका कारण तस्करी धन्दा रोक्न नसकिएको प्रहरी श्रोत बताउछन । उनका अनुसार प्रहरीका उच्च अवधासम्म तस्करी धन्दाको रकम पुगेकै कारण आफुहरूलाइ दवाव आउने गरेको श्रोत बताउछन ।
एक जना स्थानीयका अनुसार दिनभरी सुनशान देखिने छतवाको कल्याणपुर नाका रातिको निस्पठ अन्ध्यारोमा कपडा तस्करी सहित चल्लाको समेत अबैध तस्करी हुने गरेको बताए । रातिको समयमा चल्ला तस्करहरूले दैनिक ५ देखि ७ वटा मोटरसाइकलमा चल्ला तस्करी गर्ने गरेको र टाउकोमा कपडाको तस्करी हुने गरेको बताए ।
प्रहरीहरूकै आँखा अगाडी खुल्याम तस्करी हुनुले साङ्गठनिक रूपमै तस्करीको खुलेको हुन सक्ने आकलन स्थानीयले गरेका छन । सीमा प्रहरी चौकी छतवा र सशस्त्र प्रहरी बेस कल्याणपुरबाट खटिएको प्रहरी टोलिकै अगाडीबाट तस्करी धन्दा सुचारू हुनुले तस्करहरूले छतवा नाकालाइ कमाइ खाने भाडोको रूपमा रूपान्तरण गर्न कुनै किसिमको कसर बाकी नराखेको देखिन्छ, स्थानीयले बताए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बारा सहित सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका गणपतीको समेत ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button