मधेशसमाचार

शिक्षण सेवाबाट रामेश्वर महराको राजीनामा, योगदानको कदर गर्दै सम्मान

रूपेश यादव
रौतहट, ०५ भदौ
रौतहटको फतुवा विजयपुर नगरपालिका–१, गम्हरियास्थित दलित प्राथमिक विद्यालयका संस्थापक तथा जन्मदाता रामेश्वर महराले लामो समयको शिक्षण सेवापछि राजीनामा दिनुभएको छ। शिक्षण तथा विद्यालय स्थापनामा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको छ।
महराले २०६६ सालदेखि शिक्षण पेसामा प्रवेश गरी २०८३ सालसम्म निरन्तर सेवा गर्नुभएको थियो। उहाँको योगदानको कदर गर्दै माँ सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक सुबोध प्रसाद यादवले बिहीबार आयोजित विशेष समारोहबीच महरालाई सम्मान गर्नुभएको हो।
सम्मान कार्यक्रममा प्रधानाध्यापक यादवले विद्यालय स्थापना तथा शिक्षा क्षेत्रमा महराले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको आगामी जीवन सुखमय, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका कर्मचारी, स्थानीय भद्रभलादमी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
सम्मान ग्रहणपछि महराले आफूलाई सम्मान गरेकोमा माँ सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक यादवसहित सम्पूर्ण उपस्थितप्रति आभार व्यक्त गर्नुभयो। शिक्षण सेवामा रहँदा विद्यालय र विद्यार्थीको हितमा आफूले सकेको योगदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै उहाँले शिक्षा क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता सदैव कायम रहने बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button