उमेश दुबे
पर्सा, २० भाद्र
पर्सा जिल्लाको सदरमुकाम बिरगंजको छपकैया नाका हालको समयमा तस्करहरू गणको रूपमा परिणत भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार इलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक मनिस पराजुलीको आग्मन भए दिनदेखी नै तस्करहरूको गणको रूपमा छपकैया नाका परिणत भएको हो ।
बिगत लामो समयदेखी छपकैया नाकाबाट तस्करी रूकेपनी प्रहरी नायब निरीक्षक मनिस पराजुलीको आग्मन सङ्गै व्यापक रूपमा तस्करीको लाइन सुचारू भएको स्थानीयहरूले गुनासो गरेका छन । स्थानीयहरूका अनुसार स-साना तस्करीका कार्य बिस्थापित नभएपनी ठुला बडा तस्करीका कार्यहरू पूर्ण रूप बन्द भएको समयमा स्थानीय प्रहरीको आर्थिक प्रलोभनका कारण पुन: सुचारू भएको आरोप लगाए । दिनभरी शुनसान देखिने छपकैया नाका रातिको समयमा तस्करहरूको गणकै रूपमा रूपान्तरण हुने गरेको स्थानीयहरू दुखेसो पोखे ।
रातिको समयमा तस्करीका मालसमान ढुवानी गर्न मोटरसाइकलको प्रयोग हुने गरेको र मोटरसाइकलको अवाजका कारण रातभरी सुत्न नसकेको आरोप स्थानीयको छ । छपकैया नाकाबाट दर्जनौ तस्करहरू तस्करी गर्न सकृय छन, उनिहरूको लाइन क्लियर अर्थात स्कटिङ्ग गर्ने काम प्रहरीहरू नै गर्ने गरेको स्थानीय भन्छन । भारतबाट अबैध रूपले आयात भएको मालसमान प्रहरीकै निगरानीमा विभिन्न ट्रान्सपोर्टहरूमा पुग्ने गरेका छन, स्थानीयले बताउछन ।
छपकैया नाकाबाट साना देखि ठुला तस्कर गरि ७३ जना तस्करहरू सकृय रहेको प्रहरी श्रोत बताउछन । श्रोतका अनुसार तस्करीको रकम उठाउन प्रहरी नायब निरीक्षक मनिस पराजुलीले घुमुवा नै परिचालन गरेको उनले दाबी गरे । उनका अनुसार त्यति मात्र नभइ तस्करीको मालसमान आयात गर्ने समयमा ठाउँ ठाउमा प्रहरीको ड्यूटी परिचालन गरि सुरक्षासाथ ट्रान्सपोर्टसम्म पुर्याउने घृणित कार्य गर्दै आएको उनको दाबी छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्लाको शहरी भेगदेखी ग्रामिण भेगका नाकाहरूमा व्यापक रूपले कडा निगरानी गर्न निर्देशन दिएपनी प्रहरी नायब निरीक्षक मनिस पराजुलीको क्षेत्रमा कुनै किसिमको आदेश पालन नगरिएको देखिन्छ । तसर्थ बिरगंजको छपकैया नाकाबाट हुने गरेको अबैध क्रियाकलापको समबन्धमा माथिल्लो निकायको ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।