तिहार र छठ पर्वको समयमा तरकारीको मूल्य उच्च

8

कलैया , ०९ कार्तिक

तिहार र छठ पर्वको समयमा तरकारीको मूल्य उच्च रहेको छ। गत असोज १८ गते आएको बाढीका कारण किसानहरूले लगाएको तरकारी नष्ट भएपछि माग अनुसार हरियो तरकारी बजारसम्म पुग्न नसक्दा तरकारीको मूल्य आकासिएको व्यवसायीहरूको बताएका छन् ।

कलैयाको तरकारी बजारमा आलु र प्याज बाहेक हरियो तरकारी किलोको एक सयभन्दा बढीमा बिक्री हुँदा सर्वसाधारणहरु मारमा परेका छन् । उपभोक्ताहरूका अनुसार, तराईमा प्राय: जसो परिवारमा लगभग दसैँदेखि छठसम्म माछा मासु नखाने भएकाले पनि हरियो तरकारीको माग बढेको बताएका छन् ।

दशै , तिहार र छठ पर्वमा अत्यधिक खर्च हुने समयमा तस्करीको समेत उच्च मुल्यको ढाड नै भाच्ने भएको छ। तरकारीहरुको उच्च मुल्य भएपछि भन्सामा चना र गेडागुडी पाक्ने गरेको एक उपभोक्ताले बताएका छन्।

बाराको सदरमुकाम कलैयाको मुख्य बजारमा गोलभेँडा ठुलो प्रतिकिलो १२० रुपैयाँ, गाजर प्रतिकिलो १४०, बन्दा प्रतिकिलो ८०, काउली प्रतिकिलो १२०, सेतो मूला प्रति मुठा ४० रुपैयाँ, भन्टा प्रतिकिलो १२० रुपैयाँ पुगेको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो ६००, तितो करेला प्रतिकिलो १२०, लौका प्रतिगोटा १०० देखि १५०० रुपैयाँ, परवल प्रतिकिलो १५०, घिरौँला प्रतिकिलो १२० रुपैयाँ पुगेको छ । त्यस्तै, रायोसाग प्रतिमुठा २०, पालुङ्गो साग प्रतिमुठा ४०, तोरीको साग प्रतिकिलो १४०, काँक्रो (लोकल) प्रतिकिलो ८०, खुर्सानी हरियो प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिमुठा १० रुपैयाँमा बिक्री भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.