मधेशसमाचार

कलैया यातायात कार्यालयमा ट्रायलमा अनियमितता: प्रहरी नायब निरीक्षक कार्कीको सेटिङमाथि प्रश्न

कलैया, १५ पौष

बिगतमा रौतहटका यातायात कार्यालयको ट्रायल प्रमुख समेत रहिसकेका प्रहरी नायब निरीक्षक किरण कार्की हाल कलैया यातायात कार्यालयको ट्रायल सेन्टरमा आफ्नो असुली तथा अनियमित कार्यशैली कायम राख्दै आएका छन्।

स्रोतका अनुसार, माथिल्लो निकायको संरक्षण र सेटिङका कारण कार्की लामो समयदेखि ट्रायल सेन्टरको जिम्मेवारीमा रहँदै आएका छन्। यस कारणले गर्दा सिंगो यातायात कार्यालय कलैया बदनाम भएको छ। विभिन्न सञ्चारमाध्यमले समेत यसबारे समाचार प्रकाशित गर्दा, माथिल्लो निकायसँगको सेटिङकै कारण कार्की ट्रायल सेन्टरको प्रमुख जिम्मेवारीमा रहँदै आएका छन्।

प्रहरी नायब निरीक्षक कार्कीले सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षामा प्रमुखको हैसियतमा, फेल हुनुपर्ने व्यक्तिहरुलाई आर्थिक चलखेल मार्फत पास गराउने गरेको स्रोतले जनाएको छ।

प्रहरी सेवामा प्रवेश गरेको अवधि मध्ये झण्डै ४–५ वर्षको छोटो समयमा नै कार्कीले ट्रायल सेन्टरमा काम गर्दै १२ करोडभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको जानकारी प्राप्त भएको छ। स्रोतले दाबी गरेका छन् कि यस सम्पत्तिको सुधार र अख्तियारको छानबिनमा माथिल्लो निकायको सेटिङका कारण असर परेको छैन।

यस विषयमा प्रहरी नायब निरीक्षक कार्कीलाई सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल नम्बर ९८५४०९०२४८ मा सम्पर्क हुन सकेन।

सम्पादक: किरण कार्की प्रहरी नायब निरीक्षक रहेकोले अन्यथा भएकोमा सच्याईएको छ। यसकोलागि क्षमाप्रार्थी छौ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button